काठमाडौँ ९ कात्तिक । आश्विन शुक्ल पूर्णिमामा कोजाग्रत पूर्णिको दिन कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिएका छन् । राति २ः३८ बजे ग्रहणको मोक्ष…