३० भदौ । नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्णरुपमा बन्द गरिने जनाएको छ । चिकित्सक संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की र महासचिव डा. सन्जीव तिवारीले विज्ञप्ति जारी गर्दै आइतबार स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा सञ्चालन हुन नदिने जनाएका…