२४ साउन । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार पनि अवरोध गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले बुधबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गरेको हो । बैठकको शुरुमै एमाले सांसदहरु आफ्नो स्थाबाट उभिए र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय…