२० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यही सोमबार दिएको एक विवादित अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा विरोध गर्ने भएको छ । बुधबार संसद भवन बानेश्वरमा बसेको पार्टी संसदीय दलले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्ने निर्णय गरेको सचेतक महेश बर्तौलाले बताए । बैठकपछि एमाले सचेतक बर्तौलाले असार १८ गते प्रधानमन्त्रीले देशको स्वाभिमान र सार्वभौम सत्ताविरुद्ध…