८ चैत्र । चैत्र महिनाको सुख्खा याममा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन् । सामान्यतया चैत्र वैशाखमा रुख मर्ने भएकाले बृक्षारोपण गर्ने चलन छैन । वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले…