२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी



काठमाडौं, २१ चैत । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

नेपालको संविधानको धारा २९१ उल्लेख गर्दै पौडेलले लामिछाने प्रतिनिधिसभा सदस्यको उमेदवार हुन अयोग्य रहेको जिकिर गरेका छन् ।  उक्त धारामा विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले विदेशको स्थायी आवासीय अनुमतिपत्र त्याग गरेको तीन महिना नपुगी कुनै पदमा निर्वाचित वा मनोनीत हुन नमिल्ने व्यवस्था छ ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।