काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दै निर्वाचित बनेका हुन् । उनले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी,…