११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तनहुँ १ र बारा २ मा वैशाख १० मै उपनिर्वाचन गर्ने आयोगको निर्णय



काठमाडौं, ६ चैत । निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

आयोगले यसअघि चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । आयोगले तनहुँ १ र बारा २ मा पनि सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार वैशाख १० गते बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ । फागुन २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै बारा २ मा पनि उपनिर्वाचन हुन लागेको हो । संविधानअनुसार प्रतिनिधि सभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त हुने र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

 

संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

 

चितवन २ मा भने नागरिकता प्रकरणमा रवि लामिछानेले सांसद पद गुमाएपछि पुनः उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : ५१ बजे