काठमाडौं, २२ माघ । नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको छ । नेता चौधरीले आफूविरुद्ध जन्मकैदको फौसला खारेज हुनुपर्ने माग राखेर सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । उक्त मुद्दाको आइतबार न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले सुनुवाइ गर्दै प्रत्यर्थी झिकाउने आदेश दिएको…