काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिमण्डलमा सहभागी हुने तीन जनाको नाम टुंगो लगाएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थ मन्त्रालयमा रामेश्वर खनाल, ऊर्जा तथा भौतिक र शहरी विकास मन्त्रालयमा कुलमान घिसिङ र कानुन तथा गृह मन्त्रालयमा ओमप्रकाश अर्यालको नाम निश्चित भएको छ। कार्यभार सम्हालेकै दिन प्रधानमन्त्री कार्कीले तीन मन्त्रीहरूको नाम टुंगो लगाएकी हुन्।…