१४ असोज ०७९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर डेङ्गी फैलिएको र बिरामीले सिटामोल नपाएको गुनासो गरिरहँदा अभाव नभएको जनाएको छ । पारासिटामोलको अभाव नभएको र काठमाण्डौ उपत्यकाका सरकारी अस्पतालमा पारासिटामोल निःशुल्क वितरण गरिएको मन्त्रालयले जानकारी दिएको छ । विभिन्न औषधि तथा भण्डारण केन्द्रहरुमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको र…