२८ साउन ०७९,काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीकातर्फबाट खडा गरिने उम्मेदवारलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई प्रदान गरेको छ । कांग्रेसको आज बसेको कार्यसम्पादन बैठकले सभापति देउवालाई यस्तो जिम्मेवारी दिएको हो । यस्तै, निर्वाचनका लागि निर्वाचन अयोगमा पार्टी दर्ता…