२१ असार ०७९, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । मंगलबार काठमाडौंको अनामनगरमा कांग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्दै उनले एउटै पार्टीमा त समस्या हुने भन्दै गठबन्धन भित्रको समस्यालाई सामान्यरूपमा लिनुपर्ने बताएका हुन् । सभापति देउवाले अहिलेको अवस्थामा पार्टीसँगै गठबन्धनलाई मिलाएर…