२४ चैत्र ०७८,काठमाडौँ । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. आस्था श्रेष्ठलाई सेवाबाट हटाउने गृह मन्त्रालयले चेतावनी दिएको छ । नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो । उनी १२ फागुनदेखि कार्यालयमा आएकी छैनन्…