इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र माइक्रोबस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस सोमबार बिहान पूर्व–पश्चिम…