काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीमा आफ्नो संलग्नता देखिए कारवाही भोग्न तयार रहेको बताएका छन् । सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले विधेयकमा भएको हेरफेरको छानबिन गरि छेडखानीमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका हुन् । कसको गल्तीबाट भएको बाहेक शब्द थपिएको छ त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।…