२४ चैत्र ०७८,काठमाडौँ । टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरिएको छ । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ । बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदैछ ।…