काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाले व्यक्तिगत काममा पनि रातो पासपोर्ट (कूटनीतिक राहदानी) लिएर विदेश जान सक्ने गरी राहदानी विधेयक पारित गरेको छ । सरकारी कामबाहेक विशेष कामको सिलसिलामा विदेश जाँदा पनि रातो पासपोर्ट प्रयोग गर्न मिल्ने व्यवस्था पारित विधेयकमा छ । यसअघि राष्ट्रिय सभाबाट समेत पारित हुनुपर्ने प्रक्रिया नै छलेर प्रतिनिधिसभाबाट सीधै प्रमाणीकरणका लागि पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले…