काठमाडौं । कास्कीको पोखरामा शरण लिएको उर्मिला हायुसहितको परिवारलाई गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठ नेतृत्वको टोलीले बुधबार भेटेर पुनः घर फर्कन आग्रह गरेको छ। छ दिनअघि घर, चौपाया र पशुपक्षी छाडेर चुपचाप पोखरा पुगेको हायु परिवार सोमबार दिनभर हराएको भन्दै सञ्चारमाध्यममा प्रमुख समाचार बनेको थियो। त्यसपछि वडाध्यक्षसहितको टोली उनीहरूको अवस्थाबारे जानकारी लिन पोखरा पुगेको…