१ भदौं ०७८, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन् । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका हुन् । अध्यक्ष…