२ भदौं ०७८, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वागमती प्रदेश संसदीय दलको नेता चयन भएकी छन्। मुख्यमन्त्रीसमेत रहेका दलका नेता डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई नेता चयन गरिएको हो। एमाले वागमती प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले उनलाई दलको नेता चयन गरेको एक सांसदले बताए। एक सय नौ सदस्यीय प्रदेशसभामा एमाले एक्लैको बहुमत…