१३ जेठ ०७८, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका ३० थान मुद्दामध्ये १९ थान रिट निवेदनको सुनुवाइ आजदेखि शुरु हुँदैछ। नियमित इजलासमा दर्ता भएका यी निवेदनकाे पेशी तोकिएका थिए। एक न्यायाधीशको इजलासमा यी निवेदनहरु पेश हुनेछन्। १९ मध्ये चार थान प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६को ५ अनुसारको प्रधानमन्त्री नियुक्ति माग गरिएको निवेदन पनि रहेका छन्। प्रतिनिधि…