२६ वैशाख ०७८, कास्की ।गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङ नेतृत्वको मन्त्रिपरिषद्ले हालसम्म गरेका कामप्रति…