६ बैशाख ०७८, काठमाडौं । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा ९२० बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । सरकारले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका महानगरपालिका, नगरपालिका, विराटनगर, वीरगञ्ज, भरतपुर…