२७ पुस ०७७, काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप खरिद प्रक्रिया पारदर्शी र वितरण समतामूलक हुने बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको १५ औं दिनमा स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले कोभ्याक्सबाट २० प्रतिशत सुनिश्चितता भएको बताए । खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी…