इनरुवा (सुनसरी) सुनसरीको हरिनगर गाउँपालिका ६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको निधन भएको छ । निधन हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन् । घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ…