पव्लिक न्युज एजेन्सी २३ जेठ ०७६,काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले सार्वजनिक जमिनलाई बाटोको रुपमा प्रयोग गर्नुपर्ने निर्णय गरेको छ । महानगरले काठमाडौं वडा नम्बर पाँचस्थित धोविखोला करिडोरको भत्केको पुल(पहेलोपुल)स्थिति खोलाको जमिन काटेर स्थानीय बालकृष्ण श्रेष्ठका लागि ‘बाटो खोलिदिनू’ भन्ने निर्देशन दिएको छ । श्रेष्ठले पहिलेका जग्गाधनी नन्दकुमारी थापामगरलाई विपक्षी बनाएर महानगरपालिकामा बाटो खोलिपाउँ भन्दै…