ललितपुर खबर २८ माघ । ललितपुरको पुल्चोकस्थित ललितपुर महानगरको परिसरमा हरेक हप्ता हस्तकला मेला सञ्चालन गर्ने भन्दै उद्घाटन गरिए पनि नियमित संचालन नहुँदा मेलाको औचित्यमाथि प्रश्न उठेको छ । ललितपुर पुल्चोकका स्थानीय रमेश महर्जनले हरेक शुक्रबार र शनिबार मेला चलाउने भने पनि सधै मेला नलागेको बताउछन् । उनी मेला हेर्न धेरै पटक आउने गरे…