२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको नमनको गहुँ बारीमा गोले मृत फेला




ललितपुर खबर
२७ माघ । दक्षिण ललितपुरको नमन गाँउमा एक युवक मृत अवस्थामा फेला परेका छन् । महांकाल गाउँपालिका ५ नमनडाँडा बस्ने ३२ वर्षीय राजकुमार गोले मृत अवस्थामा फेला परेका हुन् ।
गोटिखेल प्रहरी चौकी ललितपुरका अनुसार मानसिक सन्तुलन गुमाएका गोले केही दिनदेखि बेपत्ता थिए । उनको खोजीको क्रममा घर नजिकै गहुँबारीमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । महानगरिय प्रहरी बृत्त चापागाँउको टोली दक्षिण ललितपुरको नमन पुगेर पोष्टमार्टमका लागि पाटन अस्पताल लगेको प्रहरी चौकीका सही राजेन्द्र शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।