२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बज्रवाराही अस्पताललाई बागमती प्रदेशले दियो एम्बुलेन्स



चापागाँउ बज्रवाराहीस्थित बज्रवाराही चापागाँउ अस्पताल । तस्विर : ललितपुर खबर

हेटौडा
२६ माघ । चापागाँउस्थित बज्रवाराही अस्पताललाई वागमती प्रदेश सरकारले एम्ब’लैनस हस्तान्तरण गरेको छ ।
बागमती प्रदेश सरकारले उक्त प्रदेशअन्तर्गतका विभिन्न स्थानका सातवटा अस्पताललाई आज हेटौँडामा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
बागमती प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रद्वारा सातवटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । आपूर्ति केन्द्रका अनुसार प्रदेश वज्रबाराही अस्पताल चापागाउँ ललितपुरलगायत वुकुलर अस्पताल रत्ननगर, रामेछाप अस्पताल, मेथिनकोट अस्पताल काभ्रे, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल काठमाडौँ तथा पशुपति चौलागाईं स्मृति अस्पताल दोलखालाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएकोे हो ।
केन्द्रका अनुसार ती एम्बुलेन्स (ख) वर्गको रहेको तथा प्रतिएम्बुलेन्स रु ५२ लाख ९० हजारमा खरिद गरिएको बताइएको छ । सात वटा एम्बुलेन्सको कूल खरिद मूल्य रु तीन करोड ७० लाख ३० हजार रहेको छ ।

आपूर्ति केन्द्रद्वारा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले अस्पतालका सम्बन्धित निकायलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले अस्पताललाई सुविधा सम्पन्न बनाउने योजनाअन्तर्गत उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको बताए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।