२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिणकालीमा साइकल दुर्घटनामा ललितपुरका शाहीको मृत्यु

६ पुस ०७९, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका १ ग्वाल्दहस्थित सडकमा साइकलबाट लडेर ललितपुर घर भएका ५३ वर्षीय रमन कुमार शाहीको सोमबार बिहान मृत्यु भएको छ । साईकलबाट लडेर गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।