५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


देउराली सहकारीको संकट : ५ हजार लिन महिना दिन कुर्नुपर्ने




ललितपुर खबर
५ पुस ०७९, ललितपुर । ललितपुरको सातदोवाटोमा प्रधान कार्यालय राखेर संचालनमा आएको देउराली बहुउद्देश्यीय सहकारीको संकट झन् झन् गरिदिदै गएको छ ।
गतअसारबाट संकट सुरु भएको यस सहकारी पुस महिनासम्म आउँदा बचतकर्तालाई ५ हजार फिर्ता दिन महिना दिन कुर्नुं पर्ने अवस्था आएको छ ।
सहकारीबाट आफ्नो पैसा निकाल्न बचतकर्ताले काउण्टरमा पुगेर नाम लेखाउने गरेका छन् । पालो आए पछि सहकारीले फोन गरेर बोलाउने एक कर्मचारीले बताइन् ।
हरेक दिन भक्तपुर, नयाँ सडक र सातदोवाटो शाखामा ५० हजार आउने गरेको छ । ५ हजारका दरले १० जनाको बचत फिर्ता गरेपछि सहकारीमा काम सकिन्छ । त्यसपछि आएका बचत कर्ताको नाम लेखेर राख्ने मात्रै हो ।
सहकारीले कर्मचारीलाई असारदेखि तलव दिएको छैन । एक कर्मचारीले बेला बेलामा खर्चका लागि केही पैसा दिएको बताए । भने, ‘तलव पनि आएको छैन । काम पनि छैन ।’
सहकारीले बजारमा पैसा उठाउन बन्द गरेको छ । कर्मचारीलाईं ऋण उठाउनका लागि पठाउने गरेको उनले बताए ।
पछिल्लो समय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईलगायत उच्च पदस्थ कर्मचारी कार्यालय आउदैनन् । सहकारीका कर्मचारीले पैसा र जग्गा व्यवस्थापनका लागि उनीहरु कार्यालय नआएको बताए । सहकारीमा बजारमा हिड्ने र रिसेप्सन र क्यासका कर्मचारीहरु बस्छन् ।

तल्लो तहका कर्मचारीहरुमात्रै रहेका सहकारीमा विहान कार्यालय खुल्ने वित्तिकै बचतकर्ताको भीड लाग्छ । पैसा नपाएपछि उनै कर्मचारीहरुलाई गाली गरेर फर्कने गरेका छन् । सहकारीका कर्मचारी हरेक दिन गाली सुन्नु परेको बताउछन् ।

सहकारीले बचतमा रहेको पैसा चल्ती खातामा सारेर मात्रै पैसा दिएको एक बचतकर्ताले बताए । उनले भने, ‘चल्तीमा व्याज नआउने भएकाले सारेका होलान् ।’ उनले पाँच हजार मात्रै भए पनि लिउ न त भनेर चल्तीमा सार्न लगाए । सहकारीमा कर्मचारीले चल्तीमा १ प्रतिशत व्याज दिने बताए ।
सहकारीमा समस्या आएपछि प्रवन्धक दिपक केसीले जागिर छोडे । त्यसपछि सहकारीले नयाँ प्रवन्धक नियुक्त गरेको छैन । प्रवन्धकको काम आजकल र्मोटिकङ प्रबन्धक पार्वता भुसालले गर्छिन् ।
भर्खरै सहकारीले नयाँ कम्पनी निर्माण गरेर जग्गा पास गर्ने प्रकृया अघि बढाएको छ । पुस मसान्तसम्म काम सकेर धेरै पैसा भएका बचतकर्तालाई जग्गा पास गरेर दिने सहकारीको योजना रहेको कर्मचारीहरु बताउछन् ।
पछिल्लो समय नवलपरासीको २८ कठ्ठा जग्गा कम्प्नीमा ल्याएको कर्मचारी दावी गर्छन् ।

सहकारीका अध्यक्ष चौलागाई आफू सहकारीको बचत फिर्ता गर्न दिनरात काम गरिरहेको बताउछन् । उनी भन्छन्, सहकारीको जग्गा बचतकर्तालाई दिने प्रकृया सुरु गरेका छौं । छिट्टै कारोवार मिलाउदैछौं।

 

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १० : १३ बजे