१८ कात्तिक ०७९, काठमाडौं । बैंकहरुले व्याज बढाएपछि व्याजदर विरुद्धमा उद्योगी–व्यावसायीहरु आन्दोलित बनेका छन् । उनीहरुले शुक्रबार काठमाडौं माइतीघरमा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका उद्योगीव्यसायीले ‘प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैंकिङ आतंक बन्द गर’लगायतका मागसहितका पम्प्लेट बोकेका…