३ साउन ०७९, काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ।…