२४ वैशाख ०७९, लमजुङ । लमजुङको ङादीखोलामा निर्माण सम्पन्न भएको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । परीक्षण उत्पादन गरिसकेको आयोजनाले वैशाख अन्तिम साताबाट व्यावसायिक उत्पादन गर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनले भने परीक्षण उत्पादन सकिएपछि वैशाख अन्तिम साताबाट प्राधिकरणलाई बिजुली बिक्री गरिनेछ । आयोजनाको बिजुली…