काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विजय कुमार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो…