काठमाडौँ पछिल्लो समय ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा झमेला छ । यहाँका स्थानीय संस्कृती र परम्परा मासिने भन्दै विरोधमा छन् । भने व्यावसायी जसरी पनि केबुलकार बनाउन लागिरहेका छन् । दुबै पक्षको अडानको कारण बेला बेलामा द्वन्द्व निम्तने गरेको छ । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला…