काठमाडौँ नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रू दुई हजार बढेको हो । बिहीबार प्रतितोला रू एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…