१८ जेठ ०७९, ललितपुर । रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइएको छ । वैशाख शुक्ल पक्ष प्रतिपदाको साइतमा सुरु गरिएको उक्त रथ बुधबार जावलाखेल ल्याइएको हो । रथ तानेर लगनखेलमा पुगेपछि नरिवल खसालेर जावलाखेल पुगेपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउँदै जात्रा समापन गरिन्छ । मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न…