काठमाडौं काठमाडौंको कुलेश्वरमा एक बृद्धको शव फेला परेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ कुलेश्वर फलफुल मण्डीमा हालसम्म नाम, थर र वतन नखुलेका अन्दाजी ६६ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।