काभ्रेपलाञ्चोक साँगा–धुलिखेल सडक विस्तारको सम्झौता अवधि तीन हप्ता बाँकी रहेको अवस्थामा ४० प्रतिशत मात्रै काम भएको पाइएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको हो । तीन वर्षमा विस्तार कार्य सक्नेगरी भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल आठ किलोमिटर सडकको विस्तार…