ललितखबर ललितपुरको सानेपामा दिउँसै चोरी भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२ सानेपा डेरा गरी बस्ने रौतहट माधव नारायण गाउँपालिका–२ घर भएका शंकर झाको कोठाबाट सुन तथा चाँदीका गरगहना, मोबाइल र नगद समेत गरी करिब ८ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी…