काठमाडौँ धरहराले तीन महिना नपुग्दै एक करोड ५२ लाख कमाएको छ । आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रु एक करोड ५२ लाख राजस्व सङ्कलन भएको बताएका छन् । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन…