२८ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को शुक्रबार भएको खेलमा विराटनगर किंग्ससँग चितवन राइनोज ५१ रनले पराजित भएको छ । शीर्ष चारको दौडबाट लगभग बाहिरिसकेको विराटनगरले छैटौँ खेलमा दोस्रो जित निकाल्दै अंक तालिकामा चार अंक बनाएको छ। विराटनगरले दुई खेलमा जित र चार खेलमा हार भोगेको छ। विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले…