९ असार ।साविक उपविजेता नेपाल भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । शनिबार भारतसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । बैंगलोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपाल साविक विजेता भारतसँग २–० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले समान एक–एक…