काठमाडौं, १७ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले बलात्कारको अभियोग झेलिरहेका लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । नाबालिग बलात्कारको अभियोग लागेपछि क्रिकेट संघले लामिछानेलाई गत भदौमा निलम्बन गरेको थियो । असोज २० गते पक्राउ गरेका लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका…