काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा बुधबारदेखि दैनिक ५ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् अवरुद्ध १० दिनसम्म रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् अवरुद्ध गर्नु परेको जनाएको छ ।…