काठमाडौं । दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याउने काम थालिएको छ। नारायणहिटी संग्रहालयअगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाउन थालिएको हो। निरीक्षणका क्रममा समितिकी संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ग्रेनाइड सेटिङ्को निरीक्षण गरेकी छिन्। सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइटको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने…