२७ मंसिर । साइबर अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले धरौटीमा छुटेका दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको छ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिएको घटनामा ब्यूरोले अनुसन्धान गरिरहेको छ । ब्यूरोले संगठित अपराध र आपराधिक लाभ मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी लिइसकेको छ…