२४ मंसिर । काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन्। काठमाडौँ महानगरपालिका-१४, बल्खुमा डेरा गरी बस्ने महोत्तरी भँगाह नगरपालिका-४ का ६५ वर्षीय लालबहादुर श्रेष्ठ मृत फेला परेका छन्। उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। यस्तै, काठमाडौँ महानगरपालिका-२४ नरदेवीमा पनि अर्का पुरुष मृत फेला परेका छन्। उनको…