२५ कात्तिक । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनाधिकृत संरचनामा आज डोजर चलाएको छ। ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनाधिकृत संरचना नगर प्रहरीप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो।